दाङको राप्ती गाउँपालिकाको भालुबाङस्थित पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खसेको छ ।बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खसेको छ । बसमा ३२ जना यात्रु सवार थिए ।
ट्राफिक प्रहरी पोष्ट भालुबाङका प्रमुख हरिबहादुर रोकायले चारजनाको घटनास्थलमै ज्यान गएको छ । अरू घाइतेहरूलाई अस्पताल लगिएको रोकायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0