काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय भास्कुलर सम्मेलन हुँँनेभएको छ । नेपाल भास्कुलर सोसाइटीको मुख्य आयोजनामा हिमालय इन्टरनेशनल भास्कुलर समिट (हिमभास) – २०२४’ काठमाडौंमा तीन दिन चल्ने छ । माघ ४ देखि ६ काठमाडौंमा चल्ने छ ।
आयोजक समितिका अध्यक्ष एवं बरिष्ठ भास्कुलर सर्जन डा.सन्दीपराज पाण्डेले हिमालय इन्टरनेशनल भास्कुलर समिट (हिमभास) – २०२४’ को तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । सम्मेलनमा ४० भन्दा बढी देशबाट भास्कुलर संकायसंग जोडिएका चिकित्सक तथा अनुसन्धानकर्ता तथा विद्यार्थीहरु प्रत्यक्ष र भर्च्युअल समेत गरी १०० बढी देशका सहभागी हुने उनले बताए ।

‘सम्मेलनमा स्वदेश तथा विदेशका गरी ३५० बढी प्रतिनिधिहरुको प्रत्यक्ष सहभागिता हुने हाम्रो अनुमान छ । त्यसमा ४० बढी देशबाट १२० भन्दा बढी विज्ञ चिकित्सकको प्रत्यक्ष सहभागिता हुने आयोजकको भनाई छ । भास्कुलर सर्जनहरु, कार्डियाक सर्जन, कार्डियोलोजिष्ट, भास्कुलर फेलोज, कार्डियाक सर्जरी फेलोज, सर्जिकल रेसिडेन्स, नर्स प्राक्टिस्नर्स, फिजिसियन असिस्टेन्ट, नर्सहरु, लगायत यसमा रुची राख्ने स्वास्थ्य सम्वद्ध व्यक्तिहरुको सहभागिता हुने डा. पाण्डेको भनाई छ ।

आयोजकले सम्मेलनमा नेपालका विद्यार्थी, फ्याकल्टी तथा डाक्टरहरुका लागि सहभागिताका लागि रजिष्ट्रेशन खुल्ला राखेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0