दिनप्रतिदिन जाडो झनै बढ्दै छ । जाडोमा रुघाखोकी तथा नाक बन्द हुने समस्या अझ आम मानिसमा हुन्छ । नाक बन्द हुँदा कतिपय अवस्थामा स्वास फेर्न समेत पनि समस्या हुन्छ । यस्तोअवस्थामा केही योगासन गरेर समस्याबाट मुक्ति पाउन सकिन्छ । जानौं ती कुन योगासन हुन् जसले बन्द भएको नाकलाई खोल्नेछ ।

कपालभाँती

कपालभाँती आसन गर्नाले मानिसका टाउकोसँग जोडिएका समस्या तथा नाक बन्द भएकोमा पनि राहत पाउन सकिन्छ ।

अनुलोम विलोम

अनुलोम विलोम एउटा स्वासप्रस्वासको योग हो । यो आसनको सहयोगले बन्द भएको नाक सजिलै खुल्नेछ । यसले नाकभित्र रक्तसञ्चारलाई पनि राम्रो बनाउँछ ।

उष्ट्रासन

उष्ट्रासन गर्नाले पनि नाक खुल्छ । यो आसनले नाकको नलीलाई सफा गर्न सहयोग गर्छ । जसले गर्दा स्वास लिन सहज हुन्छ ।

भुजंगासन

भुजंगासनका धेरै फाइदा छन् । यो गर्नाले तपाईंको फोक्सो खुल्छ, जसले गर्दा स्वास लिन सजिलो हुन्छ । यो आसनले तनाव र डिप्रेशन पनि कम हुन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0