काठमाडौं । अब सर्जिकल विधामा स्नातकोत्तर वा सो भन्दा माथिको योग्यता हासिल गरेका चिकित्सकले प्रतिवर्ष १५०० रुपैयाँ बुझाउनुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी नियमावली, २०६९ को नियम १७ ले दिएको अधिकार प्रयोग गरी सो नियमावलीको अनुसूची ५ र अनुसूची ६ को हेरफेर गरेर विवरण सार्वजनिक गरेको हो । चिकित्सक बाहेकका स्वास्थ्यकर्मीको हकमा सम्बन्धित विषयमा स्नातकोत्तर तह वा सो भन्दा माथिकाले ६५०, सम्बन्धित विषयमा स्नातक तह वा सो सरहको योग्यता हासिल गरेकाले ५०० तिर्नुपर्छ ।

त्यसैगरी, सर्जिकल बाहेक अरु विधामा स्नातकोत्तर वा सो भन्दामाथिको योग्यता हासिल गरेका चिकित्सकले १ हजार १००, एमबीबीएस, बिडिएस लगाएतले ७५० रुपैयाँ बुझाउनुपर्नेछ ।

स्वास्थ्य संस्थाले वार्षिक रुपमा प्रति संस्था २,००० र १० बेड भन्दामाथि प्रति बेड बापत १०० तिर्नुपर्ने समेत निमावलीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0