नेपालमा जलवायु परिवर्तन’बारे बीपी आइ फाउन्डेसन (बाल, आँखा, कान, नाक, घाँटी अस्पताल एवंम् पुनः स्थापना सेवा)ले मंगलबार अन्तर्क्रिया कार्य्रक्रम सम्पन्न गरेको छ। फाउन्डेनका संस्थापक डा मदन उपाध्यायले भने ‘जलवायु परिवर्तनको हिसाबमा नेपालका सबै नागरिक यसबाट सचेत हुनुपर्छ। चेतना नभएको मान्छेमा चेतना जगाउन यस्तो किसिमको छलफल गर्नुपर्छ । ’

जलवायु परिवर्तनका स्वास्थ्य तथा आर्थिक परिणामहरू, नेपालका सन्दर्भमा आवश्यक प्राविधिक अभिवृद्धि बीचका जटिल सम्बन्धको समग्र बुझाइ बढाउने विषयलाई अन्तर्क्रियामा जोड दिइएको थियो।

नेपालमा हाल अनुमानित ८० प्रतिशत जनसंख्या वातावरणीय खतराहरूबाट जोखिममा छन्। ‘जलवायु परिवर्तनले नेपालमा उदयमान र पुनः उत्पन्न हुने रोगहरूको फैलावटलाई बढाइरहेको फाउन्डेसनले जनाएको छ।
विगतमा प्रचलित रोगहरूमा मलेरिया, लिम्फेटिक फाइलेरियासिस, लेशम्यानियासिस, डिस्न्टि, हेपाटाइटिस, श्वासप्रश्वासको संक्रमण, जन्डिस, टाइफाइडहरु तथा मुटु रोग जस्ता नसर्ने रोगहरु पनि फैलिरहेका छन्। सरकारी, गैरसरकारी र सामुदायिक तहमा केही पूर्वतयारी, न्यूनीकरण र नियन्त्रणका कार्यक्रमहरूको बावजूद, जोखिम अझै उच्च छ र यसका लागि आवश्यक एकीकृत रोग निगरानी र प्रतिक्रिया प्रणाली अझै शुरु नभइसकेको अवस्था छ,’ विज्ञप्तिमा भनिएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0