चितवन । भरतपुर महानगरपालिका ५ नारायणपुरमा रहेको लाइफ केयर पुनःस्थापना केन्द्रमा एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका-८ का ५८ वर्षीय चित्रबहादुर थापाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार केन्द्रमा अचानक ढलेर उहाँको मृत्यु भएको हो । मृतकको शव पोस्टमार्टम रिपोर्ट आउन बाँकी र घटनाको थप अनुसन्धान भइरहेको उनले बताए। थापाले अत्यधिक मदिरा सेवन गर्न थालेपछि उहाँको परिवारले यही पुस १७ गते पुनःस्थापना केन्द्रमा ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0