जाजरकोटमा चिसोका कारण थप १ जना भूकम्पपीडितको मृत्यु भएको छ। भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँका ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको भएको छ । उनलाई घाटी घ्यार हुने ज्वरो आउँने समस्या देखिएपछि उपचारका लागि जाजरकोट जिल्ला अस्पताल लगिएको थियो । तर उनलाई कडा निमोनिया देखिएको भने जिल्ला अस्पतालले प्रदेश अस्पताल सुर्खेत रेफर गरेको थियो । उनको उपचारको क्रममा मृत्यु भएको कर्णबहादुरका एक आफ्न्तले बताए । हालसम्म चिसोका कारण मृत्यु हुनेको सङ्ख्या जाजरकोटमा ३१ पुगेको छ। रुकुम पश्चिममा ५ गरी ३६ जना भूकम्पपीडितको चिसोका कारण मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0