चिकित्सा क्षेत्रको सुधारका लागि आन्दोलनरत डा गोविन्द केसी पक्राउ परेका छन्।

विभिन्न माग राख्दै माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका डा केसीसहित सात जना पक्राउ परेको डा केसीका सहयोगी डा प्रितम सुवेदीले जानकारी दिए। सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्नु पर्ने तथा चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति छिटो गरियोस लगायत ६ बुदे मागराखी डा केसी सहित पुगेका प्रदर्शनटोलीका ७ जना पक्रउ परेका हुन्।

यस्तै,नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने संविधान प्रदत्त अधिकार तत्काल फिर्ता गरिनुपर्ने, चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति अदालतबाट रोकिएकोमा तत्काल अदालतले नै बाटो खोलेर नियुक्ति अघि बढाउनुपर्ने र यसअघि भएका सम्झौताहरु कार्यान्वयन गर्न माग गरिएको छ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0