काठमाडौं । वीर अस्पतालका कर्मचारीले तलब भत्ता नपाएको भन्दै आन्दोलन सहित प्रशासन तथा लेखा शाखामा लगाएको ताला खुलेको छ । बिहिबार बसेको कर्मचारी युनियनका पदाधिकारीसहितको बैठकमा अस्पताल प्रसासनले चैत मसान्तसम्मको रकम भुक्क्तानी गर्ने लगायत ५ बुदें सहमति प्रश्चात कर्मचारीहरुले आन्दोलन फिर्ता लिएका हुन् ।

पटक-पटक गरी चैत्र मसान्तसम्म सम्पुर्ण बाँकी भुक्तानी गर्ने सहमति पश्चात् आन्दोलन स्थगित भएको वीर अस्पतालका उप-निर्देशक डा श्रवण कुमार थापाले  जानकारी दिए । एक कर्मचारीका अनुसार तत्कालका लागि २ महिनाको तलब भत्ता दिइने सहमति पनि भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0