छाला तथा यौनरोग विशेषज्ञ डा. रामभद्र अडिगाको ९५ वर्षको उमेरमा बिहिबार निधन भएको छ। उनी नेपालका पहिलो छाला रोग विशेषज्ञ हुन् ।
बेलायतबाट यौन र चर्मरोगमा विशेषज्ञता हाँसिल गरेर नेपाल फर्किएका उनले वीर अस्पतालबाट छाला तथा यौनरोगको उपचार सुरु गरेका थिए।

वीरमा उक्त रोगको युनिट बनाउन उनको महत्पवपूर्ण योगदान छ। उनी आफैंले १० वर्ष त्यहाँ उक्त रोगको विशेषज्ञका रुपमा काम गरे भने त्यसपछि एकजना डाक्टरलाई आफ्नै पहलमा विशेषज्ञता गराएर उक्त युनिट हस्तान्तरण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0