काठमाडौं । वीर अस्पतालमा प्रशासनिक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको छ। वीर अस्पताल का उप(सचिव द्दय (लेखा) थम नारायण शर्मा र (प्रशासन) बाबुराम घिमिरे ) ले निर्देशक डा सन्तोष पौडेल सग मिलेर प्रशासनिक अनियमितता , प्रि-पेड भष्टचार अनियमितता गरेकाले आवश्यक छानबिन गरि कारवाही गरि पाउ भनी माग गरिएको छ । साथै निजहरूको सम्पूर्ण सम्पत्ति छानवीन गरि पाउँमा पनि उजुरी परेको छ ।

वीरका कर्मचारीहरुले अक्तियार दुरुपयोग अनुसन्धान आयोगसहित अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय , स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सम्पत्ति शुद्धीकरण विभाग , राष्ट्रिय सर्तकता केन्द्रमा वीर अस्पतालका कर्मचारीको उजुरी हालेका हुन् । टेन्डरमा आउने सामानको भुक्तानी दिँदा सिधै २० प्रतिशत कमिसन माग्ने गरेको, ल्याब , रेडियोलोजी ,एनेस्थेसिया भत्ता दिन कर्मचारीसँग कमिसन माग्ने गरेको, सामान हुँदाहुँदै कमिसनको लागि कोटेशनमा महङ्गोमा सामान खरिद गर्ने गरेको आरोप छ ।

दुई-दुई लाख लिँदै कार्यालय सहयोगी, कम्प्यूटर अपरेटर, ल्याब असिस्टेन्ट, सवारी चालक र ज्यालादारीमा नियुक्ती गरेको, अस्पतालमा आफुनिकटसँग महंगोमा कोटेशनमा सामान खरिद गरि पहिलै कमिसन लिने गरेको आरोप छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0