क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्य किरण अस्वस्थ भएका छन् । गत शनिबार साँझ देखि उनको त्रिवि शिक्षण अस्पताल उपचार भइरहेको छ ।

त्रिवि शिक्षण अस्पतालका बरिष्ठ छाती रोग विशेषज्ञ डा निरज बमले बैद्यलाई दमको समस्या भएको बताए । ७८ वर्षीय बैद्य लामो समय देखि दमको समस्यामा छन् ।  दम बढेपछि अस्पताल लगिएको हो ।

‘दम बढेर ल्याउनु भएको हो । अहिले अक्सिजन सपोर्टमा हुनुहुन्छ । स्वास्थ्य अवस्था सामान्यउन्मुख हुँदै गएको छ,’ डा. बमले भने ।बैद्यको उपचार अस्पतालको एकेक्स २ मा भइरहेको छ । परिवार स्रोतले पनि स्वास्थ्य अवस्था सामान्य हुँदै गईरहेको बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0