स्वास्थ्य बीमा बोर्डको बैठकले “स्वास्थ्य बीमा कार्यक्रममा प्रेषण सेवा सम्बन्धी कार्यविधि, ”२०८०” स्वीकृत गरी लागू गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको स्वास्थ्य बीमा बोर्डको बैठकले “स्वास्थ्य बीमा कार्यक्रममा प्रेषण सेवा सम्बन्धी कार्यविधि, २०८०” स्वीकृत गरी लागू गर्ने निर्णय गरेको हो।

स्वास्थ्य बीमा ऐन,२०७४ को दफा १० मा भएको प्रेषण सेवा सम्बन्धी व्यवस्था बमोजिम प्रेषण ९रिफरल० सेवालाई व्यवस्थित र विवेकसम्मत बनाउनका लागि तयार गरिएको “स्वास्थ्य बीमा कार्यक्रममा प्रेषण सेवा सम्बन्धी कार्यविधि, २०८०” स्वीकृत गरी लागू गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

कुनै पनि एउटा रोगको लागि गरिएको प्रेषण सेवा सोही रोगको पुनः जाँच (फलोअप) का लागि पुनः प्रेषण पुर्जीको आवश्यक नपर्ने निर्णय गरिएको छ भने आकस्मिक सेवाको लागि प्रेषण पुर्जीको आवश्यक नपर्ने भएको छ ।

स्वास्थ्य बीमा ऐन,२०७४ मा तोकिएको लक्षित वर्ग बाहेक थप पहिलो चरणमा लोपोन्मुख राउटे जातिलाई नेपाल सरकारले योगदान रकम व्यहोर्ने गरी स्वास्थ्य बीमा कार्यक्रममा आवद्धता गर्न नेपाल सरकारको स्वीकृतिका लागि प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

कार्यविधि यस्तो छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0