काठमाडौं । नेपाल ट्रेड युनियनसंग आबद्ध तथा नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल स्वास्थ्यकर्मी संघको बैधानिकता माथि प्रश्न उठेको छ ।

स्वास्थ्यकर्मी संघका सदस्यहरुले बैधनिकता माथि प्रश्न गदैं नेपाली कांग्रेस समक्ष निवेदन पेश गरेका हुन् । २०७९ माघ २५ गते रामजी घिमिरेको नेतृत्वमा तदर्थ समिति बनेको थियो ।

तर रामजी घिमिरेले कुनै तहको अधिवेशन तथा पुर्ण केन्द्रीय कार्य समिति बैठक पनि नराखेको र संघलाई चलायामान बनाउन नसकेको भन्दै उनलाई तत्काल बखास्त गरिनयाँ तदर्थ समिति गठन गरिदिन सदस्यहरुले कांग्रेससँग माग गरेका हुन् ।

यता,कांग्रेस को विधान २०१७ संसोधन सहित २०७८-०८-२८ को दफा २२ को ८ न मा शुभेच्छुक संस्था लाई सम्बन्धन शुभेच्छुक संघले पार्टी हित विपरीत काम गरेमा विधटन गरि तदर्थ समिति गठन गर्न सकिने उल्लेख छ ।

नेपाल स्वास्थ्यकर्मी संघ को विधान २०५० परिमार्जित सहित २०७५ को १५ मा महाधिवेशन प्रत्येक चार वर्ष मा हुने छ भन्ने ब्यवस्था रहेको छ ।

सोही बिधानको दफा १४ मा कार्यावधिको १ मा नेपाल स्वास्थ्यकर्मी संघका सबै तहको निर्वाचित कार्य समितिहरुको अवधि निर्वाचन भएको मितिदेखि ४ बर्षको हुनेछ । तर प्रतिष्ठान स्तर को समितिको अबधि दुई वर्षको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0