प्रजातान्त्रिक जनस्वास्थ्य संघको डा विन्ज्वाला श्रेष्ठ अध्यक्ष बनेकी छिन् । आज काठमाडौंमा भएको तेस्रो अधिवेशनले डा. श्रेष्ठको अध्यक्षमा १५ सदस्यीय नयाँ समिति चयन गरेको हो ।

त्यसैगरी, संघको वरिष्ठ उपाध्यक्षमा नरेश बाबु श्रेष्ठ, दुई जना उपाध्यक्षहरुमा, दया कृष्ण पन्त, बृज कुमार दास र तुलसी सुवेदी निर्वाचित भएका छन्।

त्यसैगरी,महासचिवमा विनोद जोशी, उपमहासचिव श्रीकृष्ण बस्नेत, यादव,कोषाध्यक्षमा रानीश्री कक्षपती, सह-कोषाध्यक्षमा रणधीर, सचिवमा निराजन पोखरेल निर्वाचित भएका छन्।

त्यस्तै सदस्यहरुमा डा प्रकाश ज्ञवाली, प्रकाश कुमार विष्ट, धरजंग शाह र इन्द्र आचार्य निर्वाचित भएका छन् ।  भने समावेशी सदस्यहरुमा  शिला शर्मा, मधेशीबाट जितनारायण यादव तथा जनजातीबाट किरण श्रेष्ठ निर्वाचित भएका छन्।
यसअघि संघको अध्यक्षमा महेश्वर श्रेष्ठ रहेका थिए।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0