सर्बोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
शुक्रबार न्यायाधीशद्धय हरिप्रसाद फुयाल र सुनीलकुमार फुयालको संयुक्त इजलासले कार्यकारी निर्देशक डा. बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
गत २६ कात्तिकमा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका थिए । सो विरुद्ध डा.बसौला १७ कात्तिकमा सर्बोच्च गएका थिए ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1