नेपालका युवा कलेजो सर्जन डा.एकानन्द सिंह ८ हजार डलरको अन्तराष्ट्रिय फेलोसिपका लागि चुनिएका छन् । ग्यास्ट्रो इन्टेस्टाइनल सर्जनहरुको विश्वव्यापी समाज द सोसाइटी फर सर्जरी अफ एलिमेन्ट्री ट्याक्ट (एसएसएटी)ले डा. सिंहलाई यस वर्षको ‘एसएसएटी ट्राभलिङ्ग फेलोसिप’ दिने भएको हो ।
फेलोसिपमा छनौट भएका उनी आगामी वर्षको मे महिनामा अमेरिकाको राजधानी वाशिङ्गटन डीसीमा हुने एसएसएटीको वार्षिक बैठकमा र जीआई सर्जनबीच अन्तरक्रियामा सहभागी हुने मौका पाउने छन् । डा.सिंह किष्ट मेडिकल कलेज तथा ग्राण्डी अस्पतालमा जनरल तथा हेपाटो विलियरी सर्जनको रुपमा कार्यरत छन् ।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
1
+1
+1