चीनको उत्तरपश्चिमी क्षेत्रलाई केन्द्र बनाएर गएको भूकम्पबाट १११ जनाको मृत्यु भएको छ। भूकम्पबाट २२० भन्दा बढी घाइते भएका छ ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार उत्तर–पश्चिम प्रान्त कान्सु केन्द्र भइ स्थानीय समयानुसार सोमबार राति ११स.५९ बजेतिर ६.२ रेक्टर स्केलको भूकम्प गएको थियो।
भूकम्पबाट कान्सु प्रान्तमा १०० जनाको मृत्यु भएको बताइएको छ। यस्तै, छिङहाइ प्रान्तमा ११ जनाको ज्यान गएको सिन्ह्वाले उल्लेख गरेको छ।
त्यहाँको तापक्रम माइनस १३ डिग्री सेल्सियस भन्दा कम रहेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1