चिकित्सा शिक्षा सुधारका लागि  अनसन सुरु गरेका डा गोविन्द केसीले ७२ घण्टापछि अनसन तोडेका छन्।

गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उनले सोमबार धनगढी उपमहानगरपालिका–७ कि रेनुका चौधरी र धनगढी–१ कि अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन्। डा केसीले विभिन्न माग राखेर ७२ घण्टा अनसन बस्ने घोषणा गरेका थिए। ७२ घण्टा पूरा भएपछि उनले अनसन तोडेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0