काठमाडौं । आजदेखि ललितपुर महानगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । महानगरको १०५ औं स्थापना दिवसको अवसरमा महानगरभित्र स्वास्थ्य बीमा सुरु गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य बीमाको उद्घाटन गरेका छन् । उनले अपाङ्गता भएका एक महिला र एक पुरुषलाई विद्युतीय कार्ड हस्तान्तरण गरेर बीमा कार्यक्रमको उद्घाटन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0