काठमाडौं । कोरोनाको नयाँ सबभेरिएन्ट ‘जेएन वान’ बारे सजग रहन विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सदस्य राष्ट्रहरूलाई अनुरोध गरेको छ ।
कोरोना भाइरसले आफ्नो रूप परिवर्तन गरिरहेको समेत डब्लुएचओले बताएको छ । विश्व स्वास्थ्य सङ्गठनले सदस्य राष्ट्रहरूलाई मास्क र सामाजिक दूरीसम्बन्धी नियमहरू लागू गर्न र कडा अनुगमन गर्न पनि आग्रह गरेको छ ।  डब्ल्यूएचओले कोभिड–१९ मा संगठनको प्राविधिक नेतृत्व मारिया भान केरखोभको एक भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै यस्तो अपिल गरेकी गरेकी छिन् ।

जाडो मौसममा मानिसहरु घरभित्रै बढी समय बिताउने भेन्टिलेसनको अभाव भएमा रोग फैलने खतरा रहेकाले यसतर्फ पनि आमा मानिसलाई ध्यान दिन आग्रह गरिन् ।

कोरोना भाइरस फैलिरहेको र ६८ प्रतिशत कोरोना संक्रमित सबभेरिएन्ट जेएन १ बाट भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सार्स कोभ २ले आफूलाई निरन्तर परिवर्तन गरिरहेको छ । कोरोनाको सबभेरिएन्ट जेएन वान पनि फैलिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0