आगामी शैक्षिक सत्र देखि एमबीबीएस तथा स्नातक तहका अन्य विषय अध्यापनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले आवश्यक गृहकार्य अगाडि बढाएको छ।

न्याम्सका उपकुलपति प्रा.डा भुपेन्द्र बस्नेतले शिक्षाध्यक्ष प्राडा लोचन कार्कीको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको जानकारी दिए । उनका अनुसार यो समितिले एमबीबीएस पठाउँनका लागि आवश्यक भौतिक पुर्वधार जनशक्ति बजेट लगायतको अध्ध्यनन गरेर दुई महिनाभित्रमा प्रतिवेदन बुझाउँने छ । समितिमा डा पवन हमाल, डा सन्ध्या चापागाईं, डा अनुपमा कार्की,डा अशेष ढुंगाना लगायत सदस्य रहेका छन्।

गत मंसिर ६ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले ठूला सरकारी अस्पतालहरुमा नर्सिङ, पारामेडिक्स र एमबीबीएस अध्यापन गराउनका लागि चिकित्सा शिक्षा आयोगलाई प्रस्ताव गरिने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0