सरकारले अस्पताल तथा स्वास्थ्य केन्द्रसहित २५ हड्ताल निषेधित क्षेत्र तोकेको छ। राजपत्रमा प्रकाशित सूचनामा अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा (एम्बुलेन्स जस्ता सेवाहरु) मा हड्ताल निषेधित क्षेत्र तोकेको छ।

गृहमन्त्रालयले आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार हडताल निषेधित क्षेत्र तय गरिएको जनाएको हो। मास्क तथा सेनिटाइजरसम्बन्धी सेवामा पनि हड्ताल गर्न नपाइने उल्लेख छ ।

जल स्थल वा हवाइमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाई अड्डा वा हवाइजहाजको देखभाल, त्यसको सञ्चालन र मर्ममत गर्ने कामसँग सम्बन्धित सेवामा हड्ताल गर्न नपाइने उल्लेख छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0