बागमती प्रदेशको स्वास्थ्य सचिवबाट बद्री बहादुर खड्कालाई स्वास्थ्य सचिवबाट हटाउने निर्णय कार्यान्वयन नगर्न सर्बोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

बिहीबार सर्बोच्चका न्यायाधीश हरि फुयालको एकल इजलासले स्वास्थ्य सचिवबाट बद्री बहादुर खड्कालाई जिम्मेवारीबाट हटाउने निर्णयमाथि कारण देखाउ आदेश जारी गर्दै निर्णय कार्यान्वयन नगर्न समेत अन्तरिम आदेश जारी गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले खड्कालाई सचिवको जिम्मेवारीबाट हटाई १० औँ तहका दीपक तिवारीलाई निमित्त सचिवको जिम्मेवारी दिएको थियो। सो निर्णयविरुद्ध खड्काले सर्वोच्चमा रिट दायर गरेका थिए।

बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गत २ मंसिरमा खड्कालाई सचिवको जिम्मेवारीबाट् हटाएर १० औँ तहका दीपक तिवारीलाई निमित्त सचिवको जिम्मेवारी दिएको थियो । तर सो निर्णय विरुद्ध खड्का गत १९ मंसिरमा सर्बोच्च गएका थिए ।
मंसिर २० मा बसेको मन्त्रिपरिषद्ले तिवारीलाई ११ औं तहमा बढुवा गरेर स्वास्थ्य सचिवको जिम्मेवारी दिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0