काठमाडौं । काठमाडौँ महानगर महानगर भित्र आज देखि प्लाष्टिकको बट्टामा प्याकेजिङ गरिएका सुर्तीजन्य पदार्थ बिक्री बितरण गर्न नपाईने भएको छ । महानगरले हिजो पत्रकार सम्मेलन गरेर आज २८ गते देखि सार्वजनिक स्थल वरपरका समेत धूमपान गर्न नपाइने जनाएको थियो ।
महानगरले यो निर्णय गर्नु अघि सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ को दफा ४ मा भएको व्यवस्था र काठमाडौँ महानगरको जनस्वास्थ्य ऐन २०८० को दफा ४२ अनुसार निर्णय लिएको बताएको छ ।

दफा ४२ मा सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाउन सक्ने, निषेध र बिक्री वितरणका लागि खुल्ला क्षेत्र तोक्न सक्ने, बालबालिकाहरुलाई बिक्री वितरण गराउन नपाइने, सार्वजनिक स्थलको चार किल्ला तोकी सो वरिपरि सुर्तीजन्य पदार्थ विक्री वितरण निषेध गर्न सक्ने व्यवस्था छ ।

काठमाडौँ महानगरको स्वास्थ्य विभागले पहिलो चरणमा प्लास्टिकको बट्टामा प्याकेजिङ्ग गरिएका सुर्तीजन्य पदार्थहरु (खैनी, गुट्खा, पान पराग वा यस्तै प्रकृतिका सुर्तीजन्य पदार्थहरु) आज देखि बिक्री वितरण गर्न नपाइने जनाएको थियो । भने सार्वजनिक स्थानमा गरिने धूमपानलाई पनि आजैबाट पूर्ण रुपमा प्रतिवन्ध लगाइने उल्लेख गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0