काठमाडौं। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले हप्तामा २ दिन ब्रेन ट्युमर विशेषज्ञ सेवा दिने भएको छ।

न्यूरो सर्जरी विभागका प्रमुख डा राजिव झाको नेतृत्वको टिमले ‘राष्ट्रिय ब्रेन ट्युमर केन्द्र’ मार्फत् ब्रेन ट्युमर विशेषज्ञ सेवा दिन लागेको अस्पतालले जनाएको छ ।

यो सेवा हप्तामा २ दिन आइतबार र बुधबार विहान १० बजेदेखि १ बजेसम्म बहिरंग विभागमा सञ्चालन हुनेछ।

त्यस्तै हप्ताको २ दिन राष्ट्रिय न्यूरो स्पाइन केन्द्रमार्फत न्यूरो स्पाइन ९मेरुदण्ड० क्लिनिक सेवा पनि वीर अस्पतालले सुरु गरेको छ।

उक्त सेवा मार्फत् टाउकोको ट्युमर र मेरुदण्ड दुखाइलगायतका रोगबाट पीडित बिरामीले राहत पाउने अपेक्षा अस्पतालको गरेको निमित्त निर्देशक डा श्रवणकुमार थापाले बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0