उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन्। अबेर राती छातीमा असहज महसुस भएपछि गृहमन्त्री श्रेष्ठलाई शहीद गंगालाल हृदयरोग केन्द्रमा लगिएको हो।

अस्पतालमा गृहमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी गरिएको छ। सचिवालयका अनुसार उनको लेफ्ट  एन्टेरियर  डिसेन्डिङ  आर्टरीको एन्जियोप्लास्टी गरिएको हो।

यसअघि करिब ७ साताअघि चीन भ्रमणको क्रममा उनको लेफ्ट सर्कमफ्लेक्स आर्टरीमा एन्जियोप्लास्टी गरिएको सचिवालयले जनाएको छ। अहिले उनको स्वास्थ्य अवस्था स्थिर रहेको सचिवालयले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0