काठमाडौं । चिकित्सकको प्रेस्किप्सनबिना औषधि विक्री–वितरण नगर्न औषधि व्यवस्था विभागले चेतावनी दिएको छ।
औषधि ऐन २०३५ को दफा (१७) को उपदफा (२) मा चिकित्सकको प्रेस्क्रिप्सनबिना विक्रि वितरण गर्न नहुने भनी उल्लेख गरिएअनुसार समूह ‘क’ र ‘ख’ सूचीमा रहेका औषधिहरु विक्री नगर्न विभागका महानिर्देशक नारायण प्रसाद ढकालले जारी गरिएको सुचनामा भनिएको छ । ऐनमा उल्लेख भएविपरीत त्यस्ता औषधि विक्री गरेको पाइए कारबाही हुने विभागको चेतावनी समेत छ।
एन्टिबायोटिक औषधिहरू समेत बिना प्रेस्क्रिप्सन विक्री–वितरण हुँदा जीवाणुहरुमा औषधि प्रतिरोधी क्षमता वृद्धि भई अत्यावश्यक परेका बेला औषधिले काम नै नगर्ने अवस्था समेत आएको भन्दै सचेत गराइएको छ।
हेर्नुहोस् सुचना यस्तो छ
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1