काठमाण्डौ इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थ र नेशनल लाईफ इनस्योरेन्स कम्पनिबीच सम्झौता भएको छ । बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ मा हाल निर्माणाधीन २०० बेड क्षमताको गैह्र नाफामूलक बाल अस्पताल निर्माण परियोजनाका लागि नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३ वर्ष सम्म प्रतिवर्ष रु२५ लाखका दरले वित्तिय सहयोग उपलव्ध गराउन कम्पनीको तर्फबाट आज एक समारोहकाबीच कम्पनीको कार्यकारी प्रमुख सुरेश प्रसाद खत्री र इन्ष्टिच्यूटको तर्फबाट संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोईरालाले सम्झौतामा हस्ताक्षर गरेका छन । सोही अवसरमा सम्झौतामा हस्ताक्षर गर्दै कार्यकारी प्रमुख सुरेश प्रसादखत्रीले पहिलो किस्ता रकम रु २५ लाखको चेक पनि सो संस्थालाई हस्तान्तरण गरे ।

समारोहमा प्रा.डा. भगवान कोईरालाले नेपालका सबै बालबालिकाको स्वास्थ्यमा सहज र सर्वसुलभ पहुँच पु¥याउने उदेश्यले परियोजना सञ्चालन गर्न लागिएको र क्रमिक रुपमा देशको अन्य स्थानहरुमा समेत वाल स्वास्थ्य सेवा उपलव्ध गराउने योजना रहेको बताउँदै यस परियोजनाका लागि वित्तिय सहयोग उपलव्ध गराएकोमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीलाई धन्यवाद ज्ञापन गरे ।

यसैगरी, कम्पनीको तर्फबाट कार्यकारी प्रमुख सुरेश प्रसादखत्रीले कम्पनीले सामाजिक उत्तर दायित्व क्षेत्रमा क्रियाशिल भई विगत देखी नै शिक्षा, स्वास्थ्य, दैवीप्रकोप व्यवस्थापनएवं वातावरण संरक्षणजस्ता क्षेत्रहरुमा आर्थिक सहयोग उपलव्ध गराउँदै आएको संस्मरण गर्दै काठमाण्डौ इन्ष्टिच्यूट अफ चाईलड हेल्थबाट निर्माणधिन वाल अस्पतालको परियोजनामा योगदान पु¥याउन पाएकोमा खुशी व्यक्त गरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0