नेपाली कांग्रेसका सांसद एवम् पुर्व स्वास्थ्यमन्त्री गगन कुमार थापाले स्वास्थ्य प्रणाली भनेको उपचार मात्र हैन जनस्वास्थ्य हो भनेर सबैले सोच्नु पर्ने बताएका छन्। सोमबार नेपाल चिकित्सक संघले आयोजना गरेको स्वास्थ्य सम्मेलनमा बोल्दै उनले स्वास्थ्य बारे नेतृत्वमा संकल्पको अभाव रहेका कारण बनाएका ऐन कार्यन्वयनमा पनि नभएको बताएका हुन् । उनले भने, ‘अस्पतालको वेड हैन सेवाको कुरा गरौ, पालिका भनेको राजनितिक हो सिङ्गो नेपालको जनसंख्या र बसाइँ सराई हेरेर सेवा प्रवाह गर्ने योजना बनाउनु पर्ने हुन्छ ।’

राजनीतिक नेतृत्वमा प्रतिबद्धताको अभावले स्वास्थ्य बीमा यस्तो अवस्थामा पुगेको उनले बताए। राज्यको नेतृत्व तहमा यसबारे छलफल भइरहेको होला भन्ने आफूलाई नलागेको समेत बताए।   ‘स्वास्थ्य बीमाको कानुन  स्वास्थ्य मन्त्रालयले स्वीकारेको छैन। मेरो नागरिकलाई मेरो प्रतिबद्धता यस्तो छ भन्ने राजनीतिक नेतृत्वमा सर्वथा अभाव छ’उनले थपे ।

‘गुणस्तरीय स्वास्थ्य सेवा प्रवर्धनः अवसर र चुनौती’ भन्ने मुख्य नारा सहित आईतबारदेखी काठमाडौंमा शुरु भएको  उक्त सम्मेलन आज सकिदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0