काठमाडौं, १० मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संसोधन गरेर छिट्टै चिकित्सा शास्त्रमा कोटा बढाइने बताएका छन् । नेपाल चिकित्सक संघको आयोजनामा आईतबारदेखि राजधानीमा सुरु भएको तेश्रो एनएमए नेशनल हेल्थ समिटको उदघाटन समारोहमा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले चिकित्सा शास्त्र पढ्न चाहने विद्यार्थीहरुको चाहना र भविश्यमा हुन सक्ने स्वास्थ्य क्षेत्रको जनशक्ति अभाव हुने अवस्था आउन नदिन ऐनमा तत्काल संसोधन आवश्यक रहेकोमा जोड दिएका हुन ।

चिकित्सा शास्त्र अध्ययन गरेका व्यक्तिहरुलाई स्वदेशमै रोजगारी दिने गरि आफुले स्वास्थ्यमा दरबन्दी बढाउन पहल गरिसकेको बताउदै त्यसको परिणाम चाडै देखिने दावी गरे । काम गर्ने जागर कायम रहेकै बेला उमेर हदका कारण अवकास प्राप्त गरेका विज्ञ चिकित्सक र स्वास्थ्यकर्मीहरुले पनि आफ्नो थप सेवा प्रदान गर्न सकून भन्ने ध्येयले आफूले ३०० बेड भन्दा माथिका अस्पतालहरुमा एमविविएसको पठन पाठन गर्न सक्ने निर्णय गरेर क्याविनेटमा पठाएको मन्त्री बस्नेतले जानकारी दिए ।
१०० देखि ३०० बेडसम्मका अस्पतालमा नर्सिड र पारामेडिक्स पठाउन सकिने निर्णय गरेकोले त्यसमा नेपाल चिकित्सक संघले सहयोग गर्नु पर्ने मन्त्री बस्नेतले बताए । राम्रो काम गर्दा गर्दै पनि बदनाम गर्न एक गिरोह पछि लागेको दावी गर्दै राम्रो काम गर्दा कुनैको पनि डर मान्नु पर्ने अवस्था नरहेकोमा जोड दिए । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा, अञ्जनीकुमार झाले आयोग ऐन अनुसार सञ्चालन हुने भएकाले ऐन संसोधन गरे पछि कोटा बढाउन सकिने बताए । बैज्ञानिक कमिटीका संयोजक डा। आशिष श्रेष्ठले समिटमा समावेश गरिएका बिषयगत छलफलले स्वास्थ्य सुधारमा उल्लेखनिय भूमिका खेल्ने बताए ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा। अनिलविक्रम कार्कीले सम्मेलनबाट प्राप्त सुझाव सरकारलाई हस्तान्तरण गरिने र त्यसले निति निर्माणमा सहयोग पुग्ने बताए । सम्मलेन सोमबार सम्पन्न हुने छ । सम्मेलनमा आईतबार विभिन्न ४ वटा विषयमाथि प्यानल डिस्कसन भएको थियो । सम्मेलनमा स्वास्थ्य क्षेत्रका ३०० भन्दा बढीको सहभागिता रहेको थियोे ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0