काठमाडौ । मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा. यदुचन्द्र घिमिरे नियुक्त भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले ७१ जना सहसचिवको सरुवा गर्दा डा घिमिरेलाई मधेश प्रदेशको स्वास्थ्य सचिव बनाएर पठाउने निर्णय गरेको हो ।

एघारौँ तहका डा.घिमिरे अहिले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत थिए । घिमिरेका स्थानमा गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयका सचिव रहेका विनोदबहादुर कुवँरलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरेको छ ।

यता, मधेश प्रदेशको स्वास्थ्य मन्त्रालयमा भने डा. प्रमोदकुमार यादव सचिव थिए । एघारौँ तहका यादव गत १८ जेठमा प्रदेश मन्त्रिपरिषद्ले स्वास्थ्य सचिवमा नियुक्त गरेको थियो ।

संघीय स्वास्थ्य मन्त्रालयका सहसचिव रमेशकुमार केसी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0