नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमाल अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन् ।  धिमाललाई इन्टिच्युट अफ ट्रपिकल मेडिसिन बेल्जियमले साइन्टिफिक एक्सिलेन्स अवार्ड प्रदान गरिएकाे हाे  । वातावरणीय स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै धिमाललाई प्रदान गरिएको हाे ।

धिमाल वातावरणीय स्वास्थ्यका अनुसन्धानर्ता हुन् । उहाँको सयभन्दा बढी अन्तर्राष्ट्रिय वैज्ञानिक लेखहरू प्रकाशित भएका छन् ।

इन्टिच्युट अफ ट्रपिकल मेडिसिनसँगको सहकार्यमा जलवायु परिवर्तन र स्वास्थ्य सम्वन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन मंगलबार देखि काठमाडौँमा जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0