काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  एक  सयदेखि ३ सय बेड सम्मका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउने निर्णय गरेको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेकाे बैठकले  सातै प्रदेशका सरकारी अस्पतालमा नर्सिङ र प्यामेडिक्स पढाउने प्रस्ताव चिकित्सा शिक्षा आयाेगमा लैजाने  निर्णय गरेकाे हाे ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहन बहादुर बस्नेतले पत्रकार सम्मेलन गरेर अब सातै प्रदेश अस्पताल, स्थानीय तह लगायतका १००देखि ३०० बेड भएका अस्पतालमा नर्सिङ र प्यारामेडिक्स पठाउने प्रस्ताव लैजाने निर्णय भएको जानकारी दिए ।

उनले भने, ‘पारामेडिक्स र नर्स पढाउन ती अस्पतालमा जनशक्ति रहेको र आवश्यक पुर्वाधार के कति पुग्दैन त्यो रायसँगै आउने र त्यसका लागि सरकारले आवश्यक तयारी गर्ने छ ।’

त्यसैगरी, मन्त्री बस्नेतका अनुसार  ३ सय भन्दामाथि बेडका अस्पतालमा एमबीबीएस पढाउनका लागि पनि अनुमति दिने विषयमा  छलफल भइरहेको उनले बताए।

उनले भने, `प्रधानमन्त्री, शिक्षामन्त्री र चिकित्सा शिक्षा आयाेगका उपाध्यक्ष राखेर छलफल भइसकेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0