काठमाडौं। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले २०८० सालको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार पत्रकार अतुल मिश्रलाई प्रदान गर्ने भएको छ।

५० हजार रुपैयाँ नगद र सम्मान पत्रसहितको उक्त पुरस्कार हरेक वर्ष विज्ञान र प्रविधिको क्षेत्रमा उत्कृष्ट काम गर्ने एक जना पत्रकारलाई प्रदान गरिन्छ । नास्टको ४६ औं प्राज्ञसभाले उक्त निर्णय गरेको हो ।

मिश्र तीन दशक देखी पत्रकारिता गर्दै स्वास्थ्य र विज्ञान विषयमा कलम चलाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0