शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले चिकित्सक देखि अस्पताल प्रशासनसम्मका कर्मचारी मागेको छ। शुक्रबार सूचना जारी गर्दै कार्डियोलोजिस्ट, कार्डियाक सर्जन, पिडियाट्रिक कार्डियोलोजिस्ट, एनेस्थेसिया रजिस्ट्रार, नर्स, परफ्युजन सहायक, ओभरसियर र प्रशासन उपसहायक पदका लागि दरखास्त आह्वान गरेको छ ।

केन्द्रको वेभसाइटमा गएर अनलाइन दरखास्त दिन सकिनेछ। दरखास्त शुल्क पदअनुसार १ हजार २५० देखि ४५० रूपैयाँसम्म निर्धारण गरिएको छ। इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर १४ गतेसम्म दरखास्त दिन सक्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0