स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भूकम्पपछिका दिनहरुमा देखा पर्न सक्ने महामारी, कुपोषण, मनोसामाजिक समस्या रोकथाम तथा शिघ्र व्यवस्थापनका लागि बहुक्षेत्रीय समन्वय गर्न जनाएको छ।

मन्त्रलयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बहुक्षेत्रीय विपद व्यवस्थापन बैठकहरूमा स्वास्थ्य क्षेत्रको प्रतिकार्यको बारेमा अध्यावधिक गर्दै विपद पछिका दिनहरूमा देखा पर्न सक्ने महामारी, कुपोषण, मनोसामाजिक लगायतका समस्याहरूको रोकथाम तथा शिघ्र व्यवस्थापनका लागि बहुक्षेत्रीय समन्वयको लागि अनुरोध बताए। जाजरकोटमा गएको भूकम्प र त्यसपछिका पराकम्पबाट भएका घाइतेहरूको वडामा रहेका स्वास्थ्य संस्था, अस्पताल, जिल्लास्थित प्रादेशिक अस्पतालहरु र रिफरल अस्पतालहरूमा उपचार व्यवस्थापन भइरहेको उनले जानकारी दिए।

उनले भने, स्वास्थ्य क्षेत्रको प्रभावकारी प्रतिकार्यका लागि संघीय, प्रादेशिक र स्थानीयतहका सरोकारवाला निकायहरूसँग पनि निरन्तर समन्वयमा मन्त्रालय रहेको छ ।
हाल नलगाढ अस्पतालमा ४ जना, चौरजहारी अस्पतालमा १ जना, जाजरकोट अस्पतालमा ५ जना, आठबिसकोट अस्पतालमा १ जना, प्रादेशिक अस्पताल सुर्खेतमा २२ जना, भेरी अस्पताल नेपालगन्जमा ४९ जना, त्रि.वि.शिक्षण अस्पताल काठमाडौंमा ९ जना र राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा २ जना गरी जम्मा ९३ जना घाइतेहरूको उपचार भइरहेको उनले जानकारी दिए ।

 

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0