काठमाडौं । बागमती प्रदेशको गएको आर्थिक २०७९/०८० को स्वास्थ्यका कार्यक्रम विषयमा बार्षिक समिक्षा गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ । बबरमहलस्थित कार्की व्यकेटमा कार्तिक २१ गतेबाट सुरु भएको कार्यक्रम (तीन दिनसम्म)आज सम्पन्न भएको हो ।

बार्षिक समिक्षा गोष्ठी समापन कार्यक्रममा बोल्दै बागमती स्वास्थ्य मन्त्री उत्तम जोशीले आगामी स्वास्थ्य कार्यक्रम तल्लो तहमा पुग्ने गरी अझ राम्रो सेवा दिएरमा लैजान आग्रह गरेका छन् । उनले नि: शल्क गराइएको रगत, मुटु, मृगौला, क्यान्सर लगायतको सेवा कतिले लिए सरकारीको त तथ्याक छदैछ,अझ भनौं काठमाडौं उपत्यकाका निजि अस्पतालले पनि कतिले निशुल्क सेवा लिए भनेर त्यसको तथ्याकं मासिक उपलब्ध गराउँन पनि आग्रह गरे ।

उनले भने,’विभिन्न जिल्लामा जाँदा हाम्रो सरकारले सम्झौता  गरेका निजि अस्पतालले तथ्याकं मन्त्रालयमा पठाएमा हामीले यति जनाले नि: शुल्क सेवा लिए भन्न सकिन्छ ।’
पिछडिएको सिमानकृत वर्गलाई अस्पतालमा आउँन प्रोत्साहन गर्न आग्रह गरे । उनले भने ‘पिछडिएका समुदायलाई स्वास्थ्य सेवा लिन स्वास्थ्य कार्यालयहरुले प्रोत्साहन गरेर अस्पतालमा कसरी हुन्छ आउँने वातावरण बनाएर प्रभावकारी बनाउँनुहोला ।’
२०८० /०८१ मा शहिद परिवार, बन्यजन्तुबाट भएका घाईते, दुर्घटनाबाट भएका घाईतेहरुलाई नि: शुल्क गर्ने व्यवस्था गर्ने नयाँ कार्यक्रम थपिएको समेत जानकारी दिए ।

उनले यी कार्यक्रम अन्तर्गत कतिले सेवा लिए त्यसको विवरण मन्त्रालयमा पठाउँन आग्रह गरे । ६५ वर्ष माथिका नागरिकलाई दन्त सेवा नि:शुल्क दिनलाई स्वास्थ्य मन्त्रालयले बजेट विनियोजन गरिसकेको समेत जानकारी दिए ।

उनले भने,’ मन्त्रालयले पठाएको बजेटले नपुगेमा अस्पताल विकास समितिसँग भएको रकम महालेखा परीक्षकको कार्यालयले अर्थ मन्त्रालयलाई पठाउँन पत्रचार गरेको थियो, अहिले तत्काललाई ऐनमा नै व्यवस्था गरिएको छ मन्त्रालयले तोके बमोजिम हुनेछ ,त्यो नागरिकबाट उठेको पैसा नै दन्त सेवामा लगाउँन सकिन्छ ।’ उनले अस्पतालका  जनशक्ति आवश्यक परेमा बढाउँनु परेमा मन्त्रालयसँग समन्वय गरेर गर्न सकिने बताए ।

मन्त्रालयका स्वास्थ्य सचिव बद्री बहादुर खड्काले  अक्तियारमा कर्मचारीको उजुरी बढेको देखिन्छ यस्तै हो भने छानविन गर्ने टिम पनि नहुने देखिएको बताए । उनले भने ‘पछिल्लो समय अक्तियारमा उजुरी बिढ्न थाल्यो, यस्तै हो भने छानविन गर्ने टिम पनि नहुने देखिन्छ, त्यस कारण अक्तियारमा उजुरी नपर्ने गरी काम गर्न आग्रह गर्दछु ।’
उनले  बागमती प्रदेशमा १३ वटै अस्पतालमा सर्प दर्शको औषधि (इएन्टिस्नेक भेनम)को व्यवस्था गर्नुपर्ने देखिएको बताए । बागमती  प्रदेशमा पछिल्लो समय मातृमृत्युको तथ्याकं बढेको उनले बताए ।
बागमती  प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक सागर घिमिरेले मुख्यमन्त्री जनता कार्यक्रम ११९ पालिकामा नै गर्नुपर्ने बताए ।

त्यसैगरी, वागमती प्रदेशको सबै भन्दा बढी अंक ल्याएर उत्कृष्ट हुने पहिलो अस्पताल त्रिशुली अस्पताल बनेको छ भने दोस्रोमा हिटौडा अस्पताल बनेको छ त्यसैगरी तेस्रोको सम्मान धादिङ अस्पतालले पाएको छ। स्वास्थ्य कार्यलयतर्फ वागमती प्रदेशको सबै भन्दा बढी अंक ल्याएर पहिलो भई सम्मानित हुने स्वास्थ्य कार्यालय काभ्रेपलान्चोक रहेको छ भने दोस्रोमा मकवानपुर तथा तेस्रोमा ललितपुर रहेको छ।

कार्यक्रममा बिभिन्न ६ पालिकाहरुलाई समेत प्रसंसापत्र प्रदान गरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0