मौषम अनुसारका फलफुलले हाम्रो स्वास्थ्यमा ठुलो फाइदा राख्ने गर्दछ । अहिले बजारमा सुन्तला आउँन थालेको छ । चिसोमा सुन्तला खानु हँदैन भन्ने कतिपयको धारणा छ। तर चिसो मौसम र चिसो ठाँउमै फल्ने सुन्तलाको महत्व छुट्टै छ। सुन्तला स्वादकालागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि अत्यन्तै लाभदायक छ।

सुन्तला भिटामिन ‘सी’को प्रमुख स्रोत हो। बढी तौल भएका व्यक्तिका लागि पनि पर्याप्त मात्रामा सुन्तलाको प्रयोग उत्तम हुन्छ।

सुन्तलाको सेवन गर्ने गरेमा दम, ब्रोङकाइटिस, रुघाखोकी, ज्वरो र मुटुको रोगीलाई फाइदा पुर्‍याउँछ। त्यस्तै डण्डिफोर तथा खटिरा, निमोनिया, पाइरिया, श्वासप्रश्वासको समस्या, टाइफाइड, मधुमेह र उच्च रक्तचापका रोगीलाई पनि सुन्तलाको सेवन लाभदायक मानिन्छ। यसले रक्सीको लतलाई पनि यसले कम गर्न सक्छ।
यसका यस्ता छन् फाइदा
क्यान्सरको जोखिम घटाउँने
भाइरल इन्फेक्सन हटाउँने
मिर्गौला स्वस्थ राख्ने
छालाको सुरक्षा गर्र्ने
कलेजो जोगाउँने

कोलेस्टरोल घटाउँने

मुटु बलियो बनाउँने

कब्जियत खुलाउँने

आँखा तेजिलो बनाउँने

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0