नर्सिङ शिक्षाका समस्या तथा गुनासा र त्यसको समाधानको उपाय खोज्न एक कार्यदल गठन गरेको छ छ। चिकित्सा शिक्षा आयोगको कार्यकारी समितिको कार्तिक २१ गते मंगलबारको वैठककद्वारा उक्त कार्यदल गठन गरेको हो ।

आयोगका उपाध्यक्ष प्राडा अन्जनीकुमार झाले कार्यकारी समितिले आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालयका निर्देशकको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको बताए ।

कार्यदलको सदस्यहरुमा नेपाल नर्सिङ काउन्सिलको अध्यक्ष, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी एघारौं तहकी हिरादेवी निरौला, चिकित्सा शास्त्र अध्ययन संस्थान नर्सिङ क्याम्पसकी प्रिन्सिपल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानकी नर्सिङ प्रिन्सिपल, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सको नर्सिङ निर्देशक रहेका छन्।

कार्यदलले नर्सिङ विधाको अध्ययन र अध्यापनमा प्रयोगात्मक कार्यरअभ्यास, आवश्यक भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, आवश्यक शैक्षिक न्यूनतम योग्यता निर्धारण, प्रमाणपत्र तह र स्नातक वा सोभन्दा माथिका एक भन्दा बढी शैक्षिक कार्यक्रम एउटै संस्थामा सञ्चालन गर्ने सम्बन्धमा अध्यान गरी सुझाव सहित आयोगमा पेश गर्नेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0