काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थमन्त्री मोहनबहादुर बस्नेतसंग भूकम्पबाट भएका घाइतेहरूको शिघ्र तथा प्रभावकारी उपचार सेवामा कुनै कसर बांकी नराख्न आग्रह गरे ।

बुधबार राष्ट्रपति भवन शितलनीवासमा मन्त्री बस्नेतसंग उहाले राजधानीलगायत देशका विभिन्न अस्पतालमा उपचाररत भूकम्पप्रभावितहरूको अवस्था,उपचार सेवा र सुविधालगायतका विषयमा जानकारी लिएपछि सो आग्रह गरेका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार राष्ट्रपति पौडेलले उपचार प्रक्रियालाई सहज,सरल प्रभावकारी र गुणस्तरीय बनाउन तथा यसमा सरकारका तर्फबाट कुनै पनि कसर बांकी नराख्न आग्रह गरेका थिए ।

सो अवसरमा उनले अस्पतालहरूको स्तरबृद्वि, आधुनिक उपकरण, दक्ष चिकित्सकसहित स्वास्थ्यकर्मीको व्यवस्थापन र गुणस्तरीय सेवा प्रवाहका बारेमा पनि चासो राख्नुभएको जनाइएको छ । जाडोयामसंगै देखापर्ने विभिन्न रोगको उपचारका लागि पनि बेलैमा आावश्यक तयारी गर्न पनि उनले आग्रह गरेका हुन् ।

प्रतिक्रिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0