काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्ड र नेपाल मेडिकल काउन्सिल अध्यक्ष नियुक्ति गर्ने तयारी गरेको छ। मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत स्वास्थ्य बीमा बोर्डमा डा.गुणराज लोहनी र मेडिकल काउन्सिलमा डा. चोपलाल भुसालको नाम पठाउँन भनेका हुन् ।

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा डा.भुसाललाई काउन्सिलमा र डा.लोहनीलाई बीमामा अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषदमा प्रस्ताव पठाउन फाइल तयार पार्न निर्देशन दिएका स्रोतले बतायो ।

डा.लोहनी स्वास्थ्य मन्त्रालयबाट १२औं तहबाट उमेरका आधारमा अवकास प्राप्त कर्मचारी हुन्। डा.लोहनीमा यसअघि पनि स्वास्थय बीमा बोर्डमा समेत बसेर काम गरेको अनुभव छ । भने काउन्सिलमा अध्यक्षका लागि नाम सिफारिस भएका डा.भुसाल नेपाल स्वास्थ्य अनुसन्धान परिषदका पूर्व अध्यक्ष समेत हुन्।

डा भुसाल बंगलादेशका लागि नेपालको पूर्व राजदूत समेत हुन्। डा भुसाल नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष पनि हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0