रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ। भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस) मा एक महिना देखि जारि आन्दोलन टुङ्गिएको छ । कलेज प्रशासन र विद्यार्थीबीच सहमति भएपछि आन्दोलन टुङ्गिएको हो । यस अघि ड्रेस कोडको नाममा विद्यार्थीहरुलाई अनावश्यक मानसिक यातना दिइएको भन्दै सुरु भएको आन्दोलन प्रिन्सिपल प्रा।डा। लक्ष्मी पाठकलाई पदमुक्त गर्नेसहित ६ बुँदे सहमति भएपछि फिर्ता लिइएको छ।
कलेजले लागू गरेको ड्रेस कोड खारेज हुनुपर्ने, इन्टर्नसिपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्ने मागसहित विद्यार्थीहरु एक महिनादेखि आन्दोलित थिए।
प्रतिक्रिया
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1