गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचारको मुद्दा खेपिरहेका व्यवसायी भीमकान्त भण्डारीले सफाइ पाएका छन्। मंगलबार विशेष अदालतका न्यायधीश यमुना भट्टराई र बलभद्र बास्तोलाको संयुक्त इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी नपुग्ने भन्दै विध ल्याबका सञ्चालक भण्डारीले विशेष अदालतबाट सफाइ सफाइ दिएको हो।

उनीविरुद्ध अख्तियारले दायर गरेको अकुत सम्पत्तिको दाबी नपुग्ने ठहर अदालतले गरेको छ। व्यवसाय गरेर कमाएको सम्पत्तिमा अख्तियारले हेर्न नमिल्नेसमेत अदालतले ठहर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0