टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकको जिम्मेवारी हेरफर गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले प्रयोगशालाको निर्देशकमा डा राजनराज भट्टलाई जिम्मेवारी दिएको छन्।

मन्त्री बस्नेतले प्रयोगशालाकी निर्देशक रहेकी रुना झाको जिम्मेवारी हेरफेर गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नै कार्यरत ११औं तहका डा भट्टलाई निर्देशकको जिम्मेवारी दिएका हुन्। डा झा पनि ११ औं तहकी अधिकृत हुन्। उनलाई प्रयोगशालामा नै राखेर निर्देशकको पद हेरफेर गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0