जनकपुरधाम । धनुषाको जनकपुरधाममा तीन दिवसीय अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन हुने भएको छ ।
कात्तिक २२ गतेदेखि २४ गतेसम्म महेन्द्र नारायण निधि संस्कृति केन्द्र जनकपुरधाममा सम्मेलन आयोजना गरिने भएको हो । सम्मेलन आयोजक समितिका संयोजक डा. राकेशकुमार सिंहले नेपालसहित विश्वका विभिन्न २५ देशका आयुर्वेद विज्ञ चिकित्सकको सहभागितामा सम्मेलन हुन लागेको जानकारी दिए ।

ब्रह्मभूमि रिसर्च सेन्टर नेपाल, नेपाल आरोग्य सङ्गठन तथा ब्रह्मभूमि आर्युविज्ञान अनुसन्धान संस्थानको आयोजनामा हुने अन्तर्राष्ट्रिय आयुर्वेद सम्मेलन आयोजना गर्न लागिएको समेत सिंहले बताए ।

उनका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलन अवधिमा आधुनिक चिकित्सा प्रणालीमा आयुर्वेदको महत्वमाथि चर्चा, विज्ञको संगोष्ठी, आयुर्विज्ञानका क्षेत्रमा भएका अध्ययन, अनुसन्धान, शिक्षालगायत विषयबारे प्रस्तुतीकरण, आयुर्वेदका १४ विधामाथि विमर्श, अन्तर्राष्ट्रिय युवा समिट, व्यापार, वाणिज्य, लगानी र विश्व बजारमा नेपालको उत्पादनको पहुँचजस्ता विषयमा विचार मन्थन हुनेछ ।

उनले आयुर्वेद चिकित्साको विकासले मानव स्वास्थ्यका साथै यहाँको धार्मिक, पर्यटकीय तथा आर्थिक विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।

सम्मेलनको प्रमुख आयोजकमा बह्मभूमि हेल्थ रिसर्च सेन्टर, नेपाल आरोग्य सङ्गठन, बह्मभूमि आयुर्विज्ञान अनुसन्धान संस्थान सर्लाही रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0