सरकारले जाजरकोट भूकम्पका घाइतेहरुको उपचार नि:शुल्क गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निस्शुल्क उपचार गराउने निर्णय गरेको स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

उनले भूकम्पपछि तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौँलगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0