जाजरकोट केन्द्रबिन्दु भइ शुक्रबार राति गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमका घाईतेका लागि औषधि व्यवसायी डा अवुल हुसेन अन्सारीले सहयोग गरेका छन् । उनले व्यक्तिगत खर्चमा आकस्मिक उपचारमा प्रयोग हुने औषधि तथा स्वास्थ्य सामग्री, त्रिपाल, लत्ताकपडा तथा केही खाद्यन्नहरु त्यसतर्फ पठाएका हुन् ।

मैले मेरो तर्फबाट आज केही औषधि, त्रिपाल, तत्ता कपडा र केही खाद्यन्न पठाएको छु । यहाँबाट सामग्री लोड गरेको गाडी त्यसतर्फ लागिसकेको छ । स्थानीय प्रशासनसंग समन्वय गरेर ति सामग्री वितरण उनले जानकारी दिए ।

उनले यसअघि कोभिड – १९ को महामारी, डेंगीको प्रकोप भएका बेला पनि औषधि तथा अन्य स्वास्थ्य सामग्री उपलव्ध गराई मानवीय सेवामा खटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0