जाजरकोटमा गएको भूकम्पबाट प्रभावितहरूका लागि छिमेकी राष्ट्र चीनले १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ। नेपालका लागि चिनियाँ राजदूत चेन सङले यसबारे ट्विटरमा जानकारी दिएका हुन्।

साउथ एसियन कन्ट्रिज इमरर्जेन्सी सप्लाइज रिजर्भबाट सो सहयोग गर्न लागिएको राजदूत सङको भनाइ छ। राहत सामग्रीमा टेन्ट, ब्ल्यांकेटलगायत रहेका छन्। ती सामग्री केही दिनमा नेपाल आइपुग्ने बताउँदै उनले थप राहत पनि घोषणा गरिने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0