गएराति ११.४७ मिनेटमा जाजरकाेटकाे बारेकोट गाउँपालिका केन्द्रविन्दु बनाएर गएको  भुकम्पमा  जाजरकोट र रुकुमपश्चिममा मृत्यु हुनेको संख्या १४३ पुगेको छ । नेपाल प्रहरीकाे तथ्यांक अनुसार जाजरकोटमा मात्र  १०५ जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन् ।

यसैगरी रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले आज अपराह्न साढे ३ बजे अध्यावधिक गरेको विवरण अनुसार भूकम्पमा परी १४३ जनाको मृत्यु भएको छ भने १६६ जना घाइते भएका प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0